क्लास टिचरको ईंगेजमेन्टमा छुट्टी हुने स्कुल : लेक्चररको कुकुर मर्दा अफ हुने कलेज !

बर्षमा ३६५ दिन । त्यसमध्ये ५२ वटा शनिवार । १० दिन दशैं, ३ दिन तिहार । चाडबाडमा पढाईको कुरै भएन । तमु ल्होसार, सोनाम ल्होसार, तेश्रोल्होसार, अर्को ल्होसार, ‘पन्ध्र जोड्दा ५ दिन त छुट्टी नै भैगयो । हिन्दुको ‘गुरु पुर्णिमा’, बुद्धिष्टको ‘बुद्ध पुर्णिमा’, माओइष्टको ‘युद्ध पुर्णिमा’, राईको ‘चण्डी पुर्णिमा’, भट्टराईको ‘जनै पुर्णिमा’ आदि इतयादी गरेर ७ दिन गईगयो ।

बाह्र दिन संक्रान्ती, बाह्रै दिन मसान्त हुन्छ । यी २४ मध्ये १४ दिन कुनै न कुनै चाडपर्वले छुन्छ, छुन्छ । इद उल फित्रको बिदा, गाइजात्राको छुट्टी, घोडेजात्रा ‘लिभ’, ‘नांगा बाबाजात्रा’को ‘होली डे’ जस्ता सांस्कृतिक पर्व जोडेर १० दिन बन्दै भयो । भोटो देखाउने, मोटो देखाउने, छोटो देखाउने, खोटो देखाउने जात्राकालाथि ७ दिन गन्दै गयो । सुदुर पश्चिमको गौरा पर्व, सुदुर दक्षिणको ‘डाण्डिया’ लौरापर्व, लिम्बुवानको चासोक त तङ्नाम, मगराँतको ‘कौरा पर्व’ सबै गरेर ६ दिन ‘क्षेत्रीय पर्व’मा बिदा नै भयो ।

१ दिन दिन ‘प्यारेन्टस् डे’, त्यसको ‘प्रिपरेसन’कालागि १ दिन बिदा लिनै पऱ्यो । ‘क्लास टिचरको इनगेजमेण्ट’लाई १ दिनको छुट्टी चाहिन्छ । प्रिन्सिपलको ‘म्यारिज एनिभर्सरी’मा अलग्गै १ दिने बिदा पाईन्छ । कम्तिमा बर्षको १६ दिन शिक्षक हडताललाई छुट्याउनै पर्छ । ५ दिन पिउनदाई र पालेदाइको समुहले बन्द गर्छ । २ दिन स्कुल बसका ‘ड्राइभर खलाँसी मोर्चा’को कारण बन्द भयो । शैक्षिक क्षेत्रमा राजनीति गरेको बिरोधमा स्कुल प्रसासनबाटै ७ दिन ‘स्ट्र्याक’ भैगयो । बिद्यालय मर्मत संभारको नाउँमा ५ दिन बेकारमा गईगयो ।

 

यसरी ३६५ दिन मध्ये १५२ दिन त बिद्यार्थीले पढ्नै पाएन । बाँकी रहेको २१३ दिनको हिसाब निकाल्नोस् । ‘संघियबादी’को बन्दलाई १५ दिनको उपहार दिनैपऱ्यो । ‘संघीय बरबादी’ले हडतालको लागि १६ दिन लिने नै भयो । ‘बिदेशी बिशिष्ट’ आउने, ‘स्वदेशी अशिष्ट’ जाने, अन्तराष्ट्र्ीय शोकमा, राष्ट्र्ीय भोकमा, अराष्ट्रि्य झोंकमा बिद्यार्थीको पढाई रोकिएकै हुन्छ । यी सबकालागि ‘मिनिमम’ ५ दिन नछुट्याउनु ‘प्रतिगामी सोंच’ हुनजान्छ ।
ए सांच्ची बिशेष विदा त झण्डै छुटेछ । अधिकांस स्कूल भाडाको घरमा हुन्छन् । घरबेटीकी छोरीको ‘बर्थ डे’, छोराको ‘म्यारिज डे’ तथा नातीको पास्नी डेमा ३ दिन बिद्यालय खाली गरिदिनै पऱ्यो । फलानाको स्वर्गवास, चिलानालाई पुत्रलाभ, बोर्ड अध्यक्षको निम्तो, टिचरहरुको‘ फ्राइडे ग्यादरिंङ्’लाई ८ दिन बार्षिक ब्यवस्था गऱ्यो ।

 

‘फष्र्टट्र्म’, ‘सेकेन्डट्र्म’ तयारीकालागि २,२ दिन छुट्टी मिल्छ । ‘ट्र्म ’ नै पिच्छे १,२ दिनको अलग्गै ‘बोनस बिदा’ दिन्छ । पेट्रेल नपाएर बस चढ्न नपाएको १० दिन तथा ग्याँस नभएर खाना नखाएको ५ दिनलाई पनि जोड्नुपर्छ । साथीहरुसँग डिस्को जाँदा स्कुल ‘बंक’ गरेको ४ दिनलाई समेत बिदा नै मान्नुपर्छ । गर्मी बिदाका प्यारा १५ दिन र ‘विन्टर भ्याकेसन’ उज्याला १९ दिन पढ्ने हो र ? रमाइलो पो गर्नेहो त !

 

बिद्यालय ब्यवस्थापन समितिको चुनावकालागि बिद्यार्थीले २ दिन बिषेश बिदा पाउँछन् । ‘टिचर्स प्यारेन्ट्स मिटिङ्’मा बिद्यार्थी घरमै बस्छन्, अविभावकहरु २ दिन स्कुल आउँछन् । एक दिन मनोज गजुरेलको ‘सेन्स अफ ह्युमर’ सुन्नैपऱ्यो । बाँकी रहेको ११२ दिन मध्ये ६ दिन आन्तरिक कारणले स्कुल जान मिल्दैन, ७ दिन बाह्य कारणले पढ्न सकिंदैन । थप ७ दिन त एसएलसीका लागि तयारी बिदा नै भयो । अब बांकी रहेको ९३ दिन होम ट्युसन भन्यो, होस्टेल कोर्स भन्यो । यसो उसो गर्दागर्दै परिक्षा आउन त एक दिनमात्र पो बाँकी रहेछ !

भोलीपल्ट अंग्रेजीको ‘एक्जाम’ छ, आज दिनभरी संकृस्तमा मन्त्र सुन्नुपर्छ । यस्तो किन भन्दा ‘स्वस्ती शान्ती’ गरेको रे π बेलुका एकछिन किताब पल्टायो । त्यसैबेला मामाको फोन आउंछ–‘एसएलसीको शुभकामना है । ’ थ्यांक्यू भनेर अर्को पाना पल्टाउनै लागेको हुन्छ, साथीको फोन आउँछ–‘ओए, मेरो फेसबुक स्टाटसमा कमेण्ट हान् ल ।’ आफ्नो पनि अपडेट गर्नै पऱ्यो–‘अन द वे अफ आइरन गेट ।’ फेसबुकले बेवकुफ पारेको पत्तै हुँदैन, च्याप्प निन्द्राले समाउंछ, झ्याप्प सुत्यो ।

 

आज परिक्षाको दिन । मम्मीको फुर्तीको सीमा छैन । यस्तो लाग्छ–सन्तानको परिक्षा हैन, शुभ बिवाह हुँदैछ । ब्रेकफाष्टमा खिर, खानामा पुलाउ, सगुनमा दही, घरबाट निस्कने बेलामा घडाको स्वागत π यस्तो लाग्छ– एसएलसी लेख्न बिद्यार्थी हैनन्, तिनका आमाबाबु जाँदैछन् π ‘सेन्टर’सम्म छोड्नेको ताँती π ओ हो, कस्तो कोचाकोच π भरे लेख्ने कुरो पनि बिर्सिइन्छ जस्तो भो !!

 

ल, सेन्टर आइपुग्यो । घण्टी पनि बज्यो । पख, पख, फोटो खिचौं । कस्तो ‘पाखे’जस्तो बसेको अलि ‘हेण्डसम मोडेल’जस्तो बस न । गुड, ‘क्लिक π’ ल, बाई । ‘ए, ए…पख । टिका त लगाई दिनै बिर्सिएछ, एता आउ । ल, कस्तो ‘ब्युटीफुल’ देखिएकी π’ अविभावकको यो भनाई सुन्दा यस्तो लाग्छ, उनिहरु सन्तानलाई परिक्षा दिन हैन, ‘हेण्डसम,ब्युटी कन्टेष्ट’मा पठाई रहेछन् π ए, भिनाजुको फोन आयो अमेरिकाबाट –‘हेलो भिनाजु, दर्शन ।’ उताबाट आवाज आउँछ–‘वीस यु अल द बेष्ट ।’ यताबाट साली मनको कुरा पोख्छिन्–‘अल द बेष्ट हैन, ‘अल द वेष्ट’ भनिस्यो न । किनकी ‘हामी सबै ‘वेष्ट’ अर्थात् अमेरिका आउन चाहान्छौं ।’ यति भनेर बिद्यार्थी परिक्षा हलतिर लाग्छिन्/लाग्छन् । त्यसपछि के भयो, मलाई के थाहा, तपाईंलाई नै थाहा होला नि !!

 

अब सोच्नोस्, यस्तो ‘अस्तब्यस्त शैक्षिक क्यालेण्डर’को पढाइबाट कस्तो रिजल्ट आउला ? ‘डिस्टिंगसन हानेन ’, ‘नंबर थोरै ल्यायो’ वा ‘फेल भयो’ भने त्यसको जिम्मेवार को हुने ? अन्योलग्रष्त राजनीति, छरपष्ट शिक्षालय, गैह्र जिम्मेवार अविभावक कि बिचरा बिद्यार्थी ?

 

आशा गरौं, २०७५ सालले यो अस्तव्यस्त क्यालेण्रलाई च्यानेछ । समय सान्दर्भिक क्यालेलण्डर बनाउनेछ । नयाँ बर्षको हार्दिक शुभ कामना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com