सुन साईंली, सुन साईंली, सम्पती बिबरणमा सुनको महत्व सुन…..

मन्त्रि, कर्मचारी वा उच्च पदस्थ व्यक्तिहरुले सम्पति विवरण पेश गर्दा नगद, सेयर वा जग्गाभन्दा सुनचाँदी देखाउन चाहन्छन । किनकि……

 

 

   सुनशाष्त्री डा.रवीन्द्र समीर

 

१. सुनचाँदीलाई पुर्ख्यौली सम्पति, दाइजो, पेवा वा उपहार भन्न पत्याउँदो हुन्छ । अन्य सम्पतिजस्तो सुनको अभिलेख हुँदैन ।

 

२. लाभको पदमा पुगेपछि भ्रष्टाचार, कमिसन वा अन्य गैह्र कानुनी तरिकाले धन आर्जन गरेमा त्यसलाई कानुनी बनाउन वा स्रोत देखाउन सुनचाँदी बेचेको भनेर सफाइ दिन सकिन्छ । किनकि सुनचाँदी बिक्रि गरेको वा नगरेको कुनै प्रमाण हुँदैन । जस्तै, १/२ तोला मात्र सुन भएको व्यक्तिले सम्पति विवरणमा ४० तोला लेख्यो भने चालिस तोला इजिकल्टु साठी हजार बराबर रु. ८६०,००० (सरदर २४ लाख)  । उक्त व्यक्तिले २४ लाख भ्रष्टाचार गरेमा सुन बेचेको पैसा भनेपछि स्रोत देखिन्छ ।

 

३. सुनको मूल्य बढिरहेको हुन्छ । तसर्थ लामो समयपछि अझै ठूलो रकमको स्रोत खुलाउन मिल्छ ।

 

४. भविष्यमा गर्न सक्ने भ्रष्टाचारको सम्भाव्यताको आधारमा सुन देखाउने चलन छ । विवरण पेश गरेको समयमा सबैको त्यति सुन हुँदैन । विवरण भरे अनुसारको दाइजो, पेवा, सहयोग वा अन्य स्रोत ९०% गलत हुन्छन । देखाइएको ऋण पनि (बैंकको बाहेक) प्रायस: गलत हुन्छ । केहि परेमा आफ्नो अनुकुलता अनुसार हिसाब गोलमोटोल गर्न ऋण देखाउने प्रचलन छ ।

 

५. प्रत्येक बर्ष सम्पति विवरण अध्यावधिक गर्दा सुनको मात्रा बढेको देखाइन्छ र त्यसको स्रोत पुरानो तलबभत्ता भनिन्छ । यो प्रक्रियाबाट उत्तरोत्तर बढी रकमको स्रोत खुलाउन सजिलो हुन्छ ।

 

 

# लेखक रवीन्द्र समिर पेशाले चिकित्सक हुन् । साहित्य र समाजसेवा उनको अर्को क्षेत्र हो । बिषेश गरेर लघुकथामा जीवन खोज्ने समीर आफ्ना गम्भीर सिर्जनाहरु मार्फत बिकृति र बिसंगतिलाई दनक दिने गर्छन् । सुनको अर्थशाष्त्र त्यसैको एउटा कडी हो । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com