डेङ्गुले लागेपछि दङ्ग मनुवा !

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार १९:०३

अर्जुन बाबू दाहाल

भुकम्पले महलहरु
गर्ल्याम्गुर्लुम्म ढलेर
चउरमै खाना खान्छु भन्दा पनी
सडकमै सुत्छु भन्दा पनी
केही नचले’सि जाने ठाउँ
आहा ! कति महान गाउँ !

काेराेनाले आक्रान्त पारेर
घरबाट चिहाउन पनि नपाउँदा
हस्पिटलले भर्ना गर्न नमानेपछि
छिमेकीले बैरीकाे नजरबाट हेरेपछि
पैसा नबिकेपछि जाने ठाउँ
आहा ! कति महान गाउँ !

फाेहाेरले शहर दुर्गन्धित बनेपछि
डेङ्गु, हैजा, ज्वरोले थल्याएपछि
बालबच्चा बँचाउने उपाय नसुझेपछि
शहरले उधारो पत्याउन छाडेपछि
केही सीप नचलेसी जाने ठाउँ
आहा ! कति महान गाउँ !

गल्लीहरु बिरानाे लाग्न थालेर
आफैसँ भाग्न मन लागेपछि
आत्महत्या गर्न हात काम्न थालेपछि
शहरनै सुनसान सुनसान लागेपछि
निस्पट्ट अन्धकार मात्रै देखिएपछि
कतै उज्यालोकाे आभाष हुने ठाउँ
आहा ! कति महान गाउँ !

दु:खले घेरेपछि आएकाे’नि भन्दैन
तँलाई चिन्दै चिन्दिनँ’ नि भन्दैन
साँच्चिकै रुप जस्तै मन पनि
शुकाेमल छ सुन्दर गाउँ
आहा ! कति महान गाउँ

-मादी – ४, संखुवासभा
(फिजियोथेरापिस्ट तथा आयुर्वेद वैधाचार्य)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com