घट + स्थापना = घटस्थापना अर्थात्…

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार ०७:३५

(स्वामी अखण्डश्री, ओशोधारा नेपाल)

घटस्थापना = घट+स्थापना !

घट = घैँटो, गाग्रो वा आफु भित्रको खाली स्थान वा भित्रको आकाश !

स्थापना = स्थापित गर्ने, बस्ने वा राख्ने वा थाहा पाउने वा जान्ने !

घटस्थापना = स्वयं भित्र भएको खाली आकाश वा निराकारमा स्वयंलाई स्थापित गर्ने वा थाहा पाउने वा जान्ने !

बर्षा ऋतु सकियो, हेमन्त ऋतु शुरु भयो ! बर्षा र गर्मी दुबै हट्दैछ । शितलता र सुन्दरताको मौसम शुरु हुन लाग्यो ! यो सन्धिको बेला हो !! सन्धी संसारबाट भित्रको यात्राको लागि तयारी भुमि हो !

यो साधनाको लागि उपयुक्त बेला ! बाहिर कहिँ खोज्नु छैन । स्वयंभित्र बिराट आकाश छ । परम शुन्यता छ । शुन्यता खालि छैन, उसैको चैतन्यमय उपस्थितिले भरिभराउ छ ! त्यहीँ भित्र प्रवेश गरेर जान्नु छ । सत्-चित-आनन्दित । हुनुछ सदा तृप्त !!

घटस्थापनाको शुभकामना ! ॐ !!!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com