मार्सी चामलको भात खाएपछि दिसा गर्ने ट्वाईलेट कस्तो हुनुपर्छ ? थाहा पाउनोस्,, एक गजुरीयल जानकारी…

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहीबार ०२:४३

मार्सी चामलको भात खुवाउने ब्यापारी र करोडौंको घरमा सित्थै बस्न दिने ठेकेदार एउटा रेष्टुरेन्टमा खाना खाँदै थिए । मिठा मिठा
परिकारको साथमा उनिहरु आफ्नो सम्पतीको धक्कु लगाउन थालेछन् ।

ब्यापारी : मेरो घरको बाथरुम नै १५ लाख रुपैंयाको छ ।

ठेकेदार : मेरो त बाथरुमको कमोड मात्रै २० लाखको छ ।

(उनिहरुको फुर्ती सुनेरे वेटरलाई खपि नसक्नु भएछ)

वेटर : हजुरहरुकोभन्दा मेरो ट्वाईलेट महँगाृ छ, ५ करोडको ।

दुबै :  (जिब्रो टोक्दै) हँ, कसरी ?

वेटर : गाउँमा हामी जहाँ दिसा गर्न जान्छौं, त्यो जग्गा नै कठ्ठाको ५ करोड रुपैंया छ । त्यस्ता कठ्ठा पनि हामी दिनैपिच्छे फेरी फेरी दिसा बस्ने गछौं ! (ब्यापारी र ठेकेदार स्यान्टिफ्लाँट 😆 )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com