आजका हेडलाईनहरु : यस पटकको दशैं समृद्धशाली हुने…

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १५:२७

 

  • कर्जाको ब्याजदर ११ प्रतिशतमा झ-यो,  दशै पछि अझै घट्ने : अनलाईन खबर
    जति घटेपनि के गर्नु,  हिजो देखि लिएको ऋणमा घटाउने हैनौ ! 
  • जोशीलाई महाअभियोग लगाउने सम्बन्धमा कांग्रेसले सत्तारूढ़ दललाई भन्यो: हामीले गरेको गल्ती नदोहोर्याउनु ।
    आफु अघाए पछि अरु भोकाएको देख्नु, तिम्रो महानता ! 
  • राष्ट्रकवि निवासमै पुगेर राष्ट्रपति पुग्दा…
    कठै, सम्मानित र सु:खी कविलाइ मात्र होइन, दु:खी जनताकोमा पुग्न सके… 
  • चार महिनामा बिप्लव र सि.के.राउत समूहका २ सय ९४ जना समातिए ।
    तर पनी चन्दा उठाउने र देश फुटाउने काम निरन्तर… 
  • अबको काँग्रेस नेतृत्व कोइराला परिवारबाटै: शशांक
    कोइराला परिवारलाइ चाहियो की आफैलाई डाक्टर सा’ब ? 
  • तेल प्रशस्तै छ, लाइन बस्नु पर्दैन : आयल निगम
    पेट्रोल पम्पहरुमा देखिएको ताँती चैं कमिलाको हो ?! 
  • सार्वजनिक यातायातको भाड़ा १० प्रतिशतले बढ्यो, भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्ने: सेतोपाटी
    समृद्ध नेपालको सस्तो यातायातमा चढेर समृद्धशाली दशैं मनाईने भईयो !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com