गृहमन्त्री-घुमघाम मुक्तिमोर्चा वार्ता : ‘….त्यस कारणले सहयोग ‘चाहिं’ चाहियो, हँ !

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार ११:५८

घुमघाम मुक्तिमोर्चा र गृहमन्त्री बादलबिच आज वार्ता सम्पन्न भएको छ । अप्पर मुस्ताङबाट फर्केपछी मोर्चाले भेटघाटलाई तिब्र बनाएको हो । ‘कोराला नाकामा चाईनाले अध्यागमन, भन्सार र सुरक्षा भवन निर्माण तिब्र पारिएको छ । तर,  नेपालतिर माखो मारिएको छैन, सरकारको नजर त्यतापनी जानु पर्यो ।’ मोर्चाका घुमाण्डर पासाङ शेर्पाले भने ।

पर्यटन, संस्कृती, इतिहास र भुगोलको अद्भुत केन्द्र मुस्ताङको पर्यटन प्रवर्दनकालागि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति लगायतले यो दशैं तिहारमा भिजिट गर्न सुझाव दिएको थियो । जवाफमा गृहमन्त्रीले भने -‘तपाईंहरुको सुझावचाहि ठिक हो, हँ । धेरै काम गर्न बाँकीचाहि छ, हँ । यस बिषयमा हामी गम्भिरचाहि छौँ, हँ । तपाईंहरुको पनि साथ सहयोगचाहि हुनुपर्यो, हँ ।’

गृहमन्त्री – घुमघाम मुक्तिमोर्चा वार्ता
सिस्नुपानी नेपालका उपाध्यक्ष समेत रहेका म-नोजले सिस्नुपानी देउसीको निमन्त्रणापनि दिएका थिए । ‘ब्यङ्ग्य पाचनकालागि औषधीको ब्यबस्था नगरिएकोले हाजमोलापनी ल्याउनु पर्नेछ ।’ म-उनले संकेत दिए ।

‘आसलाग्दो केटो जेठाजु पर्ने खतरा’ औल्याउँदै म-उनले झन्डै भनें- ‘सरकारको गीत नोट र स्केल बाहिर जान लागेको देखिन्छ । टाईमिङ र सार्पनेसमा पनि कमि देखिन्छ । रियाज राम्रो गर्नु पर्ने देखिन्छ ।’घुमघाम वार्तामा मोर्चाका रमेश बराल, मिङ्मा शेर्पा समेतको उपस्थिती थियो ।  आगामी घुमघामका लागी मोर्चाले गोसाइँकुण्ड, खप्तड, जुम्ला, लुम्बिनीको योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com