समाचार सार : गजुरियल समाचार

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार ०३:३२

 

    • दशै नजिकिंदै गर्दा ब्यापारिक केन्द्र वीरगञ्ज सुनसान रहेको छ तर सिमापारि रहेको रक्सौलमा भने नेपाली ग्रहकहरुको खचाखच भीड़ लाग्न थालेको कुरा स्थानीय ब्यापारिहरुले जानकारी गराएका छन । सधै पनि रक्सौलमा ८० प्रतिशत ग्राहक नेपालीहरुनै रहने गरेका छन ।
    • नेपालगञ्जका सुनाचाँदी ब्यापारी दीपक हेमकरसहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले १४ वर्ष पछि मुख्य अभियुक्त किशोरीलाल साेनीलाई पक्राउ गरेको हो । भारतबाट जमुना नाका हुदै नेपाल प्रबेश गर्दै गरेको अवस्थामा उनि पक्राउ परेका हुन् ।
    • पशुपतिनाथकाे दर्शनका निम्ति बृद्ध तथा अशक्त हरुलाई नि:शुल्क सेवा पुर्याउने उद्धेश्यले दुईवटा वातावरण मैत्री सफा टेम्पोको ब्यबस्था गरिएको छ ।
    • ६ सिट क्षमता भएको उक्त टेम्पो लक्ष्मी बैंकको आर्थिक सहयोगमा ब्यबस्था गरिएको कुरा पशुपति बिकाशकोषले जानकारी गराएको कुरा केद्रबिदु डटकमले लेखेको छ ।
    • प्रधानमन्त्री ओली अमेरिकाबाट कोस्टारिका प्रस्थान, शान्ति विश्वविद्यालयलाइ सम्बोधन गर्ने योजना ।
    • मापदण्डबिनै सञ्चालित भेटनरी कोर्षलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने भएको छ। पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा नगरेका कलेजमा उक्त बिषयसँग सम्वन्धित भर्ना आह्वान गर्न थाले पछि परिषदले यो निर्णय लिएको हो ।
    • शिक्षा मन्त्रालयको भनाई : डा. केसी सम्पर्कमा आएनन् । चिकित्साको सम्बन्धमा सरकार र डा. केसीबिच भएको सहमतिको बिषयमा र हाल सो बिधेयक अघि नबढेको प्रति डा. के सीको असहमति बारे बुझ्न मन्त्रालयले उहाँको खोजी गरेको जानकारी बिज्ञप्ति मार्फत भनेको छ ।
    • राष्ट्रकबि माधव प्रसाद घिमिरेको शतबार्षिकी पारेर काठमाण्डौ महानगरपालिकाले वाहाँको अभिनन्दन गरेको छ । अभिनन्दन हुनु अघि घिमिरेलाइ वहाँको निवास देखि कार्यक्रम स्थल, प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहसम्म रथ यात्रा गरिएको थियो ।
    • शुक्रबार इंडोनेसियामा ७.५मयाग्निच्यूडको भुकम्प गएको छ । भुकम्प पछि आएको सुनामिमा परी धेरै जनधनको क्षति भएको छ । जानकारि अनुसार, शनिवार सम्ममा चार सयको मृत्यु भइ सकेको छ
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com