समाचार सार : गजुरियल समाचार

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार ०४:०९

 

  • नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरवन्दीका लागि भर्ना आव्हान गरेको छ । जस मध्ये; जनपथ तर्फ प्रहरी निरीक्षकमा १०८ जना, र प्रहरी सहायक निरिक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ भने सबैभन्दा बढ़ी प्रहरी जवानको माग गरिएको छ। उक्त पदमा समेत ६ हजार २ सय ४४ जनाको लागि आवेदन माग गरिएको छ
  • विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसालै जारी गरिएको वार्षिक प्रतिबेदनका अनुसार सन २०१६ मा मात्रै विश्वमा ३० लाख मानिस मदिरा सेवनका कारण मृत्यु भएको उल्लेख छ । जस मध्ये तिन चौथाई पुरुष रहेका छन् ।
  • ५० वर्ष अगावै मुआब्जा लिएर आज सम्म प्रयोग गरिरहेका काभ्रे, साँगा बजारका घर टहराहरु आज आश्विन १५ को दिन बनेपा न.पा., डिभीजन सडक कार्यालय र प्रहरी प्रशासनको सक्रियतामा डोजर प्रयोग गरी भत्काइएको छ । यातायातको चाप रहेको सो स्थान अत्यन्तै साँघुरो महसूस गरिदै आइएको थियो ।
  • नेकपाका प्रवक्ता नारायनकाजी श्रेष्ठले आफ्नो पार्टी मार्कसबादी सिद्धान्त र चिन्तनबाट बिचलित हुदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टी भित्र वैचारिक र साँस्कृतिक पक्ष कमजोर भएको भन्दै, बढ्दै गएको भ्रष्टाचार प्रति असन्तुस्टी समेत प्रकट गरेकाछन ।
  • निकै लामो समय देखि बिवाद र चर्चामा रहेको निजगढ़ अन्तराष्ट्रीय विमानस्थल निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । जनचासोका विषयलाइ समेत सम्बोधन गरेर काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको कुरा समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिईन् ।
  • चिकित्शा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसिले बिना सूचना १६ औं सत्याग्रह थाल्ने चेतावनी दिएकाछन । उनले आफूसँग भएका चिकित्शा शिक्षा सुधारका सम्झौता कार्यान्वयन नभएकोमा आक्रोस समेत प्रकट गरेका छन । डा. केसिले शिक्षामन्त्रीका कारण यो बिधेयक अघि नबढेको भनि आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com