कसरी टिक्या होला यस्तो सम्बन्ध ? हेर्नोस् त

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार १३:३४

मानिस एउटा सजिव जिवात्माको नाम हो । यिनिहरु भिन्न भिन्न स्वाभाव र प्रकृतिका हुन्छन् । यिनमा आ-आफ्ना खालका विविध विशेषताहरु पाइँन्छन् । तर केही त्यस्ता विशेषता हुन्छन, जुन कुरा अधिकाँस् मानिसमा मिल्ने गर्दछ । आफुले भनेको, गरेको र सोचेको एकदम् ठीक छ् भनी ठान्नु धेरै मानिसको समान स्वाभाव हो । यस्तै स्वाभाव सङ्ग मिल्दो जुल्दो एउटा बिषयको बारेमा केही चर्चा गरौं | यहाँ, एउटा कम्पनिका मालिक र उनको कम्पनीमा काम गर्ने एकजना कर्मचारी बिचको सन्धर्व र उनीहरु बिचको एकअर्का प्रतिको धारणा एबम बुझाइको रमाइलो पक्षको बारेमा मन्थन गरिएको छ ।

शनिवारको दिन पारेर एकदिन मालिक एउटा रेस्टुरेन्टमा गएका रहेछन । सही ठाउँको एक कुनामा एकजना साथी सङ्ग बसेर सोमरस सेवन गरिरहेका थिए । ति कम्पनी मालिक उनका साथिलाइ भन्दै थिए : मेरो बिजिनेस् त राम्रै छ यार ! तर मैले विश्वाश गरेको, राम्रो ठानेको एउटा स्टाफ छ, त्यस्ले जती राम्रो काम हेन्डल् गर्नु पर्थ्यो, त्यती गरिरहेको छैन । त्यस्ले अलीक मेहनत् गरिदिएको भए मैले यो भन्दा धेरै कमाउँने थिए आदी आदी ।

ठीक त्यसैबेला उही रेस्टुरेन्टको एक कुनामा अर्को एकजना साथीसङ्ग बसेर उनका स्टाफ मदिरा पिएको सुरमा उसैगरी आफ्ना मालिकको बारेमा कुरा काट्दै थिए : हेर न यार, जागिर त खाइँदैछ् तर मेरो मालिक ठीक छैन, सुबिधा दिने कुरामा साह्रै कन्चुस् छ । समस्या देखायो भने सुन्छ मात्र, जवाफ दिंदैदिंदैन । यदी उसले मेरो काम अनुसारको दाम दिएको भए मैंले पनि अलिकती बैँक ब्यालेन्स बनाउने थिए ।

यहा नेर हामीले निश्कर्षमा के बुझ्नु पर्छ भने, यि दुबैजनाका कुरा मानव हठ् सङ्ग जोडीएका छन् । पहिलो कुरा उनिहरुको बुझाई केवल आफ्नो निजी आवश्यकता र स्वाभाव सङ्ग जोडीएको छ । यसकारण उनिहरुबिच आपसी आवश्यकताको बारेमा जान्ने , बुझ्ने फुर्सदै छैन ।यहाँ उनिहरु दुइटै मान्छे सहि छन, अनी गलत पनि देखिन्छन । तर यहाँ खड्किएको कुरा चाँही के हो भने दुबैमा सह-अस्थित्वको खाँचो छ । साथै उनिहरुको मन नमिल्दा नमिल्दै पनि सङ्गै अडिरहने बातावरण श्रृजना हुने आधार भनेको उनिहरुमा निहित आवश्यकता हो भन्ने बोध हुनु पर्छ ।

यहा कम तलवमा काम गराउने र आफ्नो स्वाभावमा मेल खाने कर्मचारी राख्न चाहाने मालिक र जिन्दगी जिउन कँहि न कँही काम गर्नै पर्ने, बिकल्प रहित कर्मचारी मानसिकताले काम गरेको छ ।

यो विवाद त्यतिखेर मात्र टुंगिन्छ, जतिखेर उनिहरुमा हामी आपशी आवश्यकतको सिद्धान्तमा अडिएका रहेछौं भन्ने कुराको बोध् हुन्छ । मालिकबिना मलाई सजिलो छैन तसर्थ मैले काममा ध्यान दिनु पर्छ भन्ने कर्मचारीले ठान्छ अनि मालिकले पनि यो कर्मचारी बिना मलाई गार्हो छ । यिनलाइ खुशी राख्न मैले राम्रो सेवा सुबिधा दिनु पर्छ भन्ने आपशी बुद्धी आउँछ। तव मेल हुन्छ अधिकार र कर्तब्यको । यसैलाई भनिन्छ : सह अस्थित्व ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com