लाजमर्दो समाचार-सरस्वती मन्दिरमा भ्रष्टचार…

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार ०४:१२

लाजमर्दो समाचार – विश्वबिद्यालयमा भ्रष्टचार !
त्रिभुवन विश्वविद्यालयले लिने गरेका प्रवेश परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिने गरेको कुरा खुलाशा । शिक्षक र विधार्थी नेताको मिलेमतोमा यस्तो काम हुदै आएको आशंका । निजी कलेजमा पढ्दा करिव १० लाख पर्ने कोर्षको त्रि.वि मातहतका कलेजमा भने २ लाखमा अध्यायन् गर्न सकिने भएकोले पैसाको चलखेल गर्दै यस्तो काम भएको कुरा खुलेको छ ।

अश्विन ११ मा भएको कम्प्यूटर बिज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसाआईटि) बिषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रहरीको अनुसन्धान ब्युरोले सप्रमाण उक्त कार्य गर्ने बिधार्थी नेतालाई पक्राउ गरेको छ । लामो समय देखि यस्तो कार्य हुदै आएको आशंकामा यसमा कस्कसको संलग्नता छ भन्ने बारे सूक्ष्म रुपमा अध्ययन भइ रहेको कुरा जानकारिमा आएको छ !


प्रेरणादायी समाचार : जेल भित्रै हास्य शिविर !

बिभिन्न कसुरमा जेल जीवन बिताई रहेका बन्दीहरुमा सकारात्मक जागरण ल्याउने र जेल मुक्त भएपछि आत्म सम्मानकासाथ सम्मानित सामाजिक जीवन बिताउन उत्प्रेरणा जगाउने उद्देस्यले प्रदेश सरकार, सिस्नुपानी नेपाल र इन्सेकको सहकार्यमा विविध सांगितिक एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सिस्नुपानी नेपालका श्रष्टाहरु लक्ष्मण गाम्नाङ्गे, मनोज गजुरेल, टंकराज आचार्य लगाएतको बेजोड प्रस्तुती सहित बिराटनगर, चंद्रगढ़ी, इनरुवा र उदयपुरका जेलमा उक्त कार्यक्रम संपन्न भएको छ ।

प्रेरणादायी समाचार : चीनमा चमत्कार !
चीन भ्रमण सकेर स्वेदश फर्किएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले भने: ‘देश बिकाश गर्ने त आफैले रहेछ ।’ चीनको हाइनान प्रान्तको विकाश र आर्थिक क्षेत्रलाई नजिकबाट नियालेर स्वेदश फर्केका गुरुङ्गले पोखरा पुगेर भने : हाइनान प्रान्तमा ३० वर्षको अवधिमा भएको विकाशला हेर्दा देश बनाउने आफैले रहेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com