ल पढ्नुस, करोडपति चक्रधरको रोडपती चिन्तन् …

दार्जेलिङ यात्राको क्रममा एकजना नेपाली भाषी दाजु भेटिए । केहिबेर सँगै यात्रा गर्दा समय कटाउन कुराकानी गर्दै थियौं । यसै सिलसिलामा उनले भने- अन्त, मो पोहोर साल नेपाल गाको थियो । नेपाल देश राम्रो छ हो, तर त्यहाँको धेरै पब्लिकले चिया दुकानमा बसेर ठुल्ठुलो कुरा गरेको मलाई मन परेन । अन्त, कुनै ईलम गर्नु पर्यो नि हो, कुराले मात्र देश कसोरी बन्छ ? यो भनाइले मलाई आफ्नो देशको बारेमा सोच्न र समिक्षा गर्न प्रेरित गर्यो । यसका निम्ति मैले एक जना महेन्द्र राजमार्गसँगै जोडिएको भब्य महलका मालिकको स्वाभाव र सँस्कारमाथि टिप्पणी मात्र गरे पनि अधिकाँङ्स मानिसको प्रबृति प्रतिको सही समिक्षा हुन्छ भन्ठानेर केहि टिप्पणी गरेको छु। यसले वहाँ, म र हामीलाई ईङ्गित गर्दछ ।
चक्रधर शर्मा आफुलाई  ठुलै पार्टीको गाउँको नेता ठान्दछन । उनि भब्य महलका मालिक, उधोग धन्दा, छड्के ब्यापार, पटके ब्यापार त कति हो कति छन् । कहिलेकाँही पार्टी र सँस्थालाई चन्दा पनि दिन्छन, त्यसैले उनी समाजसेबी समेत भनाइन्छन् ।आजभोलि त  उनले पनि सरकारी नारालाई आफ्नै झै मानेका छन । कहिलेकाही मञ्च पाए भने  भन्ने गर्छन- अब राजनीतिक मुद्दा सकियो, आर्थिक बिकाशमा लाग्नु पर्छ । दर्शकको थप्पडि पाए भने त अझै चर्कदै भन्छन् – हामी सबै मुलुकको समृद्धिको लागि आआफ्नो ठाँउबाट लाग्नु पर्छ, ऐले नगरे कैले, हामीले नगरे कसले जस्ता आदर्श बचन समेत बोल्न पछि पर्दैनन् ।
तर गज्जबको कुरा के छ भने, चक्रधरको घर छेउमै एउटा  चिया पसल छ । प्राय भिंड हुने यो पसल आजकल चक्रधरको गफगाफ केन्द्र हुने गरेको छ । कुरा सुनिदिने मान्छे पाए सम्म उनि यहिं बसेर आफ्नो घर, गाडि, परसस्त मुल्यवान जमिन र त्यसबाट आर्जन गर्न सकिने करोडौ रुपैयाको बारेमा बखान गरेर  समय बिताउँछन् । राष्ट्र निर्माणको काममा सरकार कमजोर भएको, सरकारको दुरदृष्टि नभएको, सकारले सिन्को समेत नभाँचेको जस्ता पपुलिस्ट कुरा गरेर सामान्य मानिसलाई आकर्षित गर्न समेत खप्पिस छन यि चक्रधर । करोडौं रूपैयाको आफ्नो घर जमिन जोडिएको आफ्नै अगाडिको सडक भत्किएर मान्छे डुब्ने खाल्टा परेकोमा एक डोको माटो हाल्ने साहस गर्दैनन्, बिहानै उठ्छन् र सडक तिरकै बरण्डामा निस्किएर ख्वाक्क पारेर त्यहि सडकमा थुक्छन, सडकका मान्छेलाई रमिता देखाउदै चुरोटको चुस्की लगाउँछन अनि ठुटो सडकमा फाल्छन्, भोटे कुकुर पनि पालेको छ उनले । एकाबिहानै कुकुर डोर्याउँदै त्यहि सडकमा लगेर बिस्ट्याउँन लगाउँछ, घरमा जम्मा भएको फोहोर पनि साँझपख पारेर पल्याक पुलुक हेर्छन अनि सुनसान देख्यो कि सडकमै हुर्याउछदै, उनि भन्दै हुन्छन- यो बेवकुफ नगरपालिका पनि समयमा आउँदैन ।
एकदिनको कुरा, एक जना गरिव गाउँलेले बर्खाको हिलो र हिउँदको धुलो सहन सकिएन भन्दै केहि पैसा आफैबाट संकलन गरौं र श्रमदाँनबाट खाल्टाखुल्टी पुरौं भनेर प्रस्ताव राखेछन् । यो कुरा सुन्नासाथ चक्रधरले जङ्गिदै भनेछन- ए ! मैले भर्खरै राजमार्गमा जोडिएको जग्गा बेचेर बैंकमा  ५ करोड  राखेको छ भन्ने सुनेर यस्तो कुरा गरेका होलाउ, यसरी हुँदैन । हामी आफैले गर्ने हो भने सरकारको काम के ? हिड्नुस बरु नगरपालिका घेर्न जाउँ । यो बिश्लेशणले संकेत् गरेको कुरा प्रती हामी सबैले म: म: भन्नु पर्ला कि भन्ने गजुरियल बिश्लेशण रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com