शेखरको प्रस्ताव : दक्षिण सिमानामा पर्खाल लगाउँ !

शेखर काका राजनिती गर्नु हुन्न तर राजनीति जान्नु हुन्छ । आफ्नो जिवन कालमा भएका सबै आन्दोलनलाई नजिकबाट हेर्नु भएको छ । समर्थन गर्नु भएको छ ।

२००७ साल, २०१५, २०३६, २०४६, २०६३ हुँदै २०७५ सालसम्म पुग्दा यसबीचमा उठेका अधिकांस राजनीतिक मुद्दाहरु टुङ्गीएका छन् । तर, जनताले व्यवहारमै अनुभुत गर्ने वातावरण बन्न नसकेको देखेर होला-  काकाले आज मनको कुरा यसरी बताउनु भयो…

‘खै, मैले नबुझ्या हो कि नेताहरुले नसुन्या हुन्, थाहा छैन ।  रोग टाउकोमा लागेको छ, ओखती नाइटोमा दलेर हुन्छ ? देशले भोगेका धेरैभन्दा धेरै समस्याको जराे सिमा वारी होइन, सिमा पारी छ । किलो पनि उसैले गाड्छ, पिल्लर पनि उसैले सार्छ । गोली पनि उसैलै हान्छ, छोरी पनि उसैले तान्छ ।  राम्रा राम्रा आफै कटाउछ, कुहिया सड्या यता पठाउँछ । ‘हामी ओखती सम्झेर खान्छौं, त्यो बिष भई सकेको हुन्छ । मिति छउन्जेल पो औषधी, मिति गुज्रिएपछी बिष हो ! डेट एक्सपायर औषधी हामीलाई नै पठाउँछ ।

त्यतिमात्र हैन, हाम्रो देश मान्द्रो फिंजाए झै मेचीकाली लमतन्न सुतेको आकारमा छ । मान्द्रोको लम्बाई तिरको बीट अलि अलि, अलि अलि गर्दै धमिरा लागेझैं, माउले खाएझैं नजानिंदो ढंगले कुटुकुटु चपाई रहेको छ । हाम्रो देशभित्र हुने हतियारबन्द आतंकबादी गतिबिधिको श्रोत समेत उतै हो । एउटा द्वन्द टुङ्ग्यायो, अर्को  प्रवर्धन गरिहाल्छ । द्वन्द्वको व्यापार न हो । आश्रय उसैले दिन्छ । बेरोजगारलाई दाम दिन्छ । माम पनि दिन्छ । ‘खाई लाई टुपी हल्लाई’को काम पाएपछि कस्ले छोड्छ !

समस्या त हो, अव के गर्ने, गर्ने के त ?

आफ्नो बारीमा अर्काको गाई पस्छ, बालीनाली दाँई गर्छ भने बलियो बार बार्नु पर्छ । भाई नै पसेर फोर्छ, चोर्छ र सोहोर्छ भने के गर्ने थाहा छ ?, ‘ग्रेटवाल’ वाह ! सुन्दै गौरव लाग्छ । ‘गुर्खाज’ वालका नामले चर्चित बनाउँदै वारपार गर्नु पर्छ ।
                                                                        (तस्वीर सभार: सामाजिक सन्जाल)

तर यो भन्न सजिलो गर्न गाह्रो छ ! चार आना जग्गा किनेर सिमाना छुट्याउन एक फिटको गारो लगाउँ भन्दा त सधै सँगै बस्नु पर्ने सुख: दु:खको साथी छिमेकीले समेत अण्ट सण्ट गरेर बबण्डर मच्चाउछ । झन् आफ्नो आवश्यकता अनुसार पस्न, बस्न, र डस्न पाउने, लडाकु बोलाउने र सडाउ पठाउने, इमान्दार पाले र कुहिया फलफूल र तरकारीवाले साट्ने स्वर्णिम अवसर गुमाउला र ? यसको उत्तरचाहीँ खोज्नु पर्छ । किनकी स्याललाई पैंचो दिएको कुखुरो फिर्ता गर्न गार्हो छ ।

अब आँट गर्नुपर्छ । पानीमरुवा पाराले दु:ख पायौं साराले ! ऐले जो जहाँ छन् रहिरहन्छन् । पारी गोर्खा पल्टन बनुन् वा वारी  बिजिनेस पैसा गनुन् । पारी असल पाले बनुन् वा वारी गोलभेडा आलु भनुन्, तर आएँ भनेर आउन, गएँ भनेर जाउँन ।पस्दा बिल्ली त्यसपछि सिल्ली नबनुन् । कार्ड सिस्टम, भिषा सिस्टम मात्र गरौं । कानुनी प्रकृयामा बाँधिए पछि देख्दा गोल्भेडा बेच्ने तर लाखाैं रेमिटान्स लानेले नेपाललाई ट्याक्स बुझाउछन् नि ।

तर, पर्खाल लगाउने  यत्रो पैसो चाहीँ कहाँबाट निकाल्ने ?

सरकार इमान्दार भएर एउटा कोष खडा गरोस्, म कम्तीमा ५० हजार योगदान गर्छु । हरेक नेपालीले पैसा बर्साउने छन् । अभियानको नारा ‘मेची- काली लम्बेतान, गोर्खा पर्खाल हाम्रो सान’ मात्रीभुमी सम्झेर गरौं सबैले योगदान ! पर्खालको उद्घाटन पछि पासपोर्ट बोकेर जब नेपाल-भारत आवागमन हुन्छ – फाईदा त दुबै देशलाई हुन्छ । कसो ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com