चार दशकपछि बाको चिनो भेटियो !
प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार ०३:०७
आज मसंग बाका दुईवटा चिनोमात्र बाँकी छन् । एउटा, मेरो नागरिकतामा उहाँको नाम– भवानी प्रसाद । र, अर्को, न्वारानमा उहाँले जुराई दिएको मेरो नाम– मायानाथ !
जतिबेला मलाई निराशाको कालो बादलले घेर्छ, त्यतिबेला बाको त्यो चिनोले ढाडस दिंदै भन्छ– ‘म मरेर त खुशी छु, तँ त ज्युंदै छस् केटा ! जगतको ‘मनमा’ खुशीको ‘ओज’ भर्ने ‘मनोज’ होस् तँ, मन बलियो बना बाबु !’
जब मलाई घमण्डको बिशाक्त धुँवाले उडाउन खोज्छ, फेरी बाको अदृष्य तरंगले नियन्त्रण गर्दै भन्छ, ‘ओए मायानाथे ! तँ नाथे जतिसुकै उचाईमा उडेपनि एकदिन मजस्तै प्रकृतिमै समाहित हुनुपर्छ बाबै ।’
त्यसपछि म आफ्नो प्राकृतिक हैसियतमा आउछु । अनि बुझ्दछु, सुख र दु:खको अनित्य चक्रभन्दा माथी ‘समताभावको बोध’ नै पितृहरुको मुल शिक्षा हो ।
पितृ देवो भव :