शुभकामना यस्तो होस् ।

शुभ कामना ‘भनेर’मात्र हुन्न ‘दिनु’पर्छ । भन्नु औपचारिकता हो, ‘दिनु’ त्याग गर्नु हो । जिम्मेवारी बोध गर्नु हो। परेको बेला सहयोग पुर्याउनु हो । समर्पणभाव प्रकट गर्नु हो । शुभ कामना भन्नलाई मात्र ‘भन्दिए’ पुग्छ,  ‘दिन’लाई छाती निकै चौडा हुनुपर्छ, अरुको दु:खलाई ब्यवहारले छुनुपर्छ ।

तर, यस्ता ठुलो छाती रहेका, सेवाभावले मनमा औडाहा भएका मान्छे पाउनै गाह्रो छ,  कतै भेटिए जोगाउनै साह्रो छ ।

दशैं आयो शुभकामना ।  तिहार आयो शुभकामना । नयाँबर्ष लगायत अनेकौं चाडपर्वमा शुभकामना दिनेको फेसबुके बाढी आउँछ तर संझेर, खोजेर, भेटेरै शुभकामना दिनेहरु खोज्दा पसिना  आउँछ ।

कसलाई दिनै पर्ने हो, रोजेरै दिनु पर्छ, उनि कहाँ छन् , खोजेरै दिनु पर्छ । पाउने र दिनेको सम्वन्ध सधैं गाढा हुनुपर्छ, राघ, द्वैशबाट टाढा हुनुपर्छ !

फेसबुकमा शुभकामना टक्रयाउन सजिलो छ, ब्यवहारमा सम्वन्ध अड्याउन गाह्रो छ । जे गर्ने हो सधैं  सक्ने गर्नुपर्छ, व्यवहारले सबैको मनमा खुशी भर्नुपर्छ !

‘दिनु’ यानिकी सल्लाह दिनु, अर्ती  उपदेश दिनु, यो सजिलो छ । ‘दिन’ प्राय सबै अघि सर्छन्, उपदेश दिन सुरु गर्छन् । तर, भोग्नेका अगाडी बोल्नेका कुरा औपचारिकमात्र लाग्न सक्दछन् । किन ?

किनकी उसलाई अलिकति कपडा लत्ता चाहिएको हुन सक्छ । ओखतीको एउटा पत्ता चाहिएको हुन सक्छ  । यो कुरा  बुझ्नासाथ उपदेशीहरु अलि पर सर्छन् । बिस्तारै बिस्तारै बोलीबन्द गर्छन् ।

त्यसैले, दिनु पनि पर्छ, लिनु पनि पर्छ, । आदान-प्रदान हुनुपर्छ । शुभकामना होस् या सेवा सहयोग, यो निस्वार्थ बन्नुपर्छ । बोलीमा मात्र नहोस्, देखियोस् सधैं काममा, दशैंकाे  सबैलाई  यहि छ शुभ कामना !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com