नेपाली विद्यार्थी नलाने अष्ट्रेलियाको बिरोधमा नेपाल बन्द !

प्रकाशित मिति: ११ पुष २०७६, शुक्रबार ०८:३५

फुटपाथ व्यवसायीद्वारा बुटवलमा प्रदर्शन
प्रदर्शन ? आफ्नो मालसामान प्रदर्शन नगरी कसरी किनबेच हुन्छ त ! के समाचार हो यो !

‘अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आवागमन रोक्नुपर्छ ।’ : अस्ट्रेलियन नेशनल विश्वविद्यालय
‘अष्ट्रेलियन विश्वबिध्यालयले आफ्नो भनाई नसच्याए नेपाल बन्द गर्छौं ।’ -कन्सलटेन्सी एसोसियन नेपाल

मोडलिङ भन्दै युवतीलाई ‘तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
यत्रो कलियुग लागिसक्दा पनि अप्सराहरुले ॠषिमुनीहरुको ध्यानभंग गर्न छोडेनन् । 

‘प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कुनै महाभारत होइन, दश मिनेट लाग्ला ।’: गोकुल बाँस्कोटा
त्यही त, दुई तिहाईको सरकारलाई अविश्वास गर्नी ? हेप्नी ?

पशु अधिकारवादीहरुको हात्ती महोत्सवको विरोधप्रति प्रचण्डको असन्तुष्टि
हात्ती आयो, हात्ती आयो- आएन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com