यस्तो छ, हात्तिको साथी आतंक

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार १०:३८

करिव एक महिना अघिदेखी झापाको कमल गाउँ पालिका वडा नं ३ मा पर्ने सानो केरखामा हात्तीले धावा बोल्न थालेको कुरा आएको छ । पहिलो पटक एक्लै आएको हात्तीले दोश्रो पटक आउँदा साथी नै लिएरै आएकोछ । सो स्थान महेन्द्र राजमार्ग संगै जोडिएको छ । राजमार्गको उत्तर तर्फ रतुवामाई बृक्षा रोपण आयोजना द्वारा संरक्षित जंगल रहेको छ । नजिकै जंगल भएकोले हात्तीलाई सयर गर्न सजिलो भएको हुन सक्ने अनुमान गरिएको छ ।

हात्तीले पहिलो दिन कर्ण बहादुर बोहरा ( बोहरा जेठाको ) खम्बाले टेकाको, बाँसका भाटाले छेकेको र सिमेन्टको लेदोले लिपेको घरलाई हेरेर गएछ । दोश्रो पटक आएर घर लछारेर धानको ढिकुटी छर्छार पारेको समाचार आएको छ ।

 

तेश्रो पटक आउँदा आमा, बाबा र छावा  समेतको हुल बाँधेर आउन थालेपछी गाउँलेहरुमा निंध हराएको छ । स्थानीय जेष्ठ सदश्य श्री होमनाथ भण्डारीका अनुसार हात्ती अटेर गरेर जबर्जस्ती बस्तीमा पस्ने र घरघरमा घुस्ने गर्दछन् । ढुंगा, लाठी हान्दा हेर्दै हेर्दैन, अगुल्टो र पुल्ठो लगाएर खेद्दा समेत टेर्दैनन् !

पटक पटक गरि पाँचौं पटक आउँदा हात्तीको संख्या बढ्दै गएपछी हात्तीले साथी समेत ल्याएर ठुलै घटना घटाउने हुन कि भन्ने डरले बोहरा परिवार त नजिकै रहेको दमक शहरमा बसाई सर्ने कहरमा पुगेको समाचार छ । बसाई सर्ने भनेको सम्भावना हुनेले हो । सम्भावना नहुनेको गुनासो छ – हामी सधैं हात्तीले घेरिएर बस्ने कि रमिता हेरेर बस्ने हो ? सम्बन्धित निकायबाट सुरक्षा चाहियो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com