प्रेम वियोगमा विक्षिप्त एक युवालाई सन्तले यसरी बँचाए !

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार ०९:११

प्रेम बियोगमा विक्षिप्त भएका एक युवा भौतारिदै एउटा मन्दिर परिसरमा पुग्नासाथ एकजना सन्तलाई भेटेपछी…

ति युवकलाई सन्तले सोधे – हे बालक, देख्दा तिमी हट्टाकट्टा छौ तर अनुहारमा यति धेरै पिंडा किन देख्दैछु ?’

युवकले भने : ‘बाबा जी, बाँचुन्जेल संगै रहने कसम खाएकी मेरी प्रेमिकाले मलाई छोडेर गइन् । म उनको मायाँले तड्पिएर हिंड्दैछु ! म उनलाई बिर्सने नसक्ने भएको छु !

जवाफ दिँदै सन्तले भने – ‘सुन बालक, तिमीले मान्छेको केवल शरिरमात्र देखेका छौ, मन देखेका छैनौ । प्रकृतिले प्रदान गरेका इन्द्रीयहरुलाई आफ्नो सान्सारिकतासंग नापेर परिभाषित गरेका छौ । त्यो तिम्रो मनको आशक्तिमात्र हो। तिमी तिम्री प्रेमिकाको जीवन, स्वास र सिंगो शरीरलाई मायाँ गरिरहेको छैनौ । छानीछानी उनको शरीरका केहि अंशमा तिम्रो मस्तिस्क ठोकिएको छ । तर त्यो वासनायुक्त मायाँ, आकर्षण केवल तिमी आफैले सृजना गरेको भ्रम हो ! तिमी यसलाई बिर्सिदेउ ।

युवकले भने : म कसरी बिर्सन सकौंला र बाबा जी, के यो सम्भवा होला ! तपाईंसंग केहि उपाय छ त ?

बाबा जी : अवश्य ! म जे भन्छु त्यो गर, तिमीले यो समस्याबाट मुक्ति पाउँन सक्ने छौ । सबैभन्दा पहिला तिम्रा आँखा बन्द गरेर कल्पना गर- आफ्ना अगाडी तीनवटा भाँडा राख । हातमा एउटा धारिलो हतियार कसिलोगरी समाउ ।

अब तिमीलाई धोका दिएर जाने ति युवतीलाई भुइमा लडाएर क्रमिक रुपामा उनको स्थुल शरीरलाई टुक्र्याउँदै जाउ ! त्यहाँबाट निस्कने मासुलाई एउटा भाँडोमा, हड्डीलाई अर्कोमा र कपाल वा रौँ लाइ अर्को भाँडो राख । अब सोच त तिमीलाई आकर्षित गर्ने ति चिजहरु त्यो शरीरमा थिएनन् । त्यो त केवल हड्डी, मासु र कपाल मिलेर बनेको एउटा पिण्ड थियो ! तिमीलाई विक्षिप्त बनाउने आकर्षक चिजहरु त तिम्रो मनबाट सृजित भ्रममात्र थिए ! आफ्नै आनन्दका निम्ति कल्पित वासनायुक्त आशक्ति मात्र थियो, हैन त ?’

युवाले आँखा खोल्दै भने – वाह बाबा जी, तपाईं धन्य हुनुहुन्छ ! भ्रमको जालो बुनेर आफ्नै जीवनलाई दिग्भ्रमित गर्ने त स्वयम् हामी मानिस नै रहेछौं !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com