यस्तो दुष्ट छोरो कसैको नहोस् !

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार २०:५६

 

 

-धिरेन्द्रराज गजुरेल

जन्माइ छोरो जगयो हँसाई
पकाइ माड मुखमा चटाई ।
पिलाइ दूध अनि तेल लाई
ताता ति नाना लगाई सुताई ।।

बनाइ ठुलो केही गर्ला आश
बढाइ छोरो रहला नि पास ।
खुवाइ आफ्नो नि कटाइ गाँस
दवाइ आफ्नो नि डराई सास ।।

मार्ला कि ऐल्यै भयो दुष्ट छोरो
डराइ हिड्दा सपना अधूरो ।
हाहा विधाता यही भाग्य मेरो
कल्पन्छु ऐले के हो सृष्टी तेरो।।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com