जोर/बिजोरको मारमा मोटरबाईक, कारवाला मालामाल !

प्रकाशित मिति: १६ मंसिर २०७७, मंगलवार ०९:३९

-केशवराज गजुरेल

ट्राफिक प्रहरीबाट नदेखेका सयौँलाई छोड्ने, भेटेको एउटालाई निचोर्ने काम मात्र भइरहेको छ ! जस्तोसुकै समस्या भएपनी बाइक लिएर सुनसान सडकमा पनि हिड्न पाईएको छैन !

आखिर किन ? भिँड नबढोस् भनेर यसो गरिएको हो भनौं भने  एकाबिहानै सडक सुनसान हुन्छ । जोर बिजोर कै नाउमा सुनसान सडकमा पनि बाईक चलाउन दिइन्न ! यहाँ यस्तो उल्टो भइरहेको छ कि – बिहान खाली सडकमा दौडिएकालाई समातिन्छ, दिउँसोको भिंडभाडमा फुक्काफाल छोडिन्छ !

सडक, बजारमा मानिसको भिंड छताछुल्ल  छ ! जहाँ जानुछ, त्यहाँ पुगिरहेकै छन् । उसले अरुलाई कोरोना नसारोस् भन्ने हो भने पैदल यात्री वा सार्वजनिक सवारीमा हिंड्नेले भन्दा मोटर साइकलमा सवारबाट जोखिम कम छ ! तर, यो कुरा प्रशासनले नबुझेको हो वा बुझ पचाएको हो कुन्नी !

काठमाण्डौका सडकका लागि सजिलो र छरितो साधन मोटरसाइकल नै हो । जसले प्राय: एकजना यात्री बोक्ने गर्दछ  ! प्रशासनको तरिका हेर्दा लाग्छ, बाईक नियन्त्रण गर्न प्रशासनसँग कडा एेन छ । ट्राफिकले भेट्यो कि चुपचाप सडक किनारामा पार्किङ गरेर चाबी दिनुपर्छ ! सँगैमा कारलाई कुनै नियमले छुँदैन ! जोर विजोर को नियम लागु हुँदैनन !

धेरै सन्ख्या बोकेको कारलाई समाइदैन तर एक जना चढेको बाइक समाइन्छ ! यो त कारवालालाई चैन बाईकवालालाई ऐन भएन र ?

त्यतिमात्र कहाँं हो र, एकाबिहानै खाली र सुनसान सडकमा दौडिएका साधनलाई गौँडा ढुकेर समातिन्छ । गन्तव्यसम्म हिंडेर वा बसभित्रको भिंडमा चढेर कोरोना सार्दै जाउ भनिन्छ ! अनि ट्राफिकले समातेको साधन लिन साँझ परेपछी हल्लिदै आ उ भनिन्छ । यो शैली कति ब्यबहारिक छ ? यसले त झनै मानिस सङक्रमीत हुने र अरुलाई संक्रमित गराउने खतरा बढदैन र ? यो प्रश्नको उत्तर कता छ कुन्नी !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com