कुन हो अन्तिम युद्ध, आ-आफ्ना ठाउँबाट लड्नलाई ?!

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार १०:१७

“यो अन्तिम युद्ध हो,
आ-आफ्ना ठाउँमा डटौँ !
यो अन्तिम युद्ध हो,
आ-आफ्ना ठाउँमा डटौँ !
यो अन्तिम युद्ध हो,
आ-आफ्ना ठाउँमा डटौँ’…..!”

मनोज गजुरेल

यही गीत गाउँदा गाउँदै,
मेरा बुबा ढले,
यही संगीत सुन्दासुन्दै,
मेरा दाजु गले !
बहिनी मरिन्,
दिदी थला परिन्,
भाइ सिद्धियो,
म पनि रित्तिएँ !

तर,
न युद्ध ‘अन्तिम’ भयो,
न देश शान्तीतिर गयो,
हरेक पटक झेल भयो,
मुसो-बिरालो खेल भयो !

अनि कसरी भनौं नयाँ पुस्तालाई ?
‘जाउ बाबू, देशको मुहार फेर्न
सबैजना एक भएर जुटौं,
आउ नानी, यो अन्तिम युद्ध हो
आ-आफ्ना ठाउँमा डटाैँ …!?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com