प्रदुषणको कारण र निराकरण !

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार १७:०८

अाँखा पोल्ने वायु प्रदुषण,
कान घोच्ने ध्वनि प्रदुषण !
मन पोल्ने भाव प्रदुषण,
मुटु दुख्ने अभाव प्रदुषण !

दिमाग तात्ने विचार प्रदुषण,
नाक पोल्ने गन्ध प्रदुषण,
घाँटी चिलाउने श्वास प्रदुषण
मुख गन्हाउने प्रश्वास प्रदुषण,

पेट पोल्ने आहार प्रदुषण,
खुट्टा दुख्ने विहार प्रदुषण !
विवेक खाने मिडिया प्रदुषण,
दिमाग खाने सुचना प्रदुषण !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com