‘पिर’ परेको बेला ‘पिर’ बजेपछी ‘पिर’ लागिहाल्छ नि !

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आईतवार १८:२६

यता हेर्यो देउवाजीको खटनको पिर,
उता हेर्यो ओलीजीको वचनको तीर,
कैले गला लाग्छ माधवको खल्लो खिर,
कैले छेड्न आईपुग्छ नारानकाजी झिर,
‘पिर’माथी ‘पिर’ परे’सी पर्दैन त ‘पिर’ ¿

माथी हेर्यो BRI को अनकन्टार भिर
तल हेर्यो MCC को सोह्र टाउके शिर,
भित्र हेर्यो आफ्नै नेता खेल्छ टाउकाँ गिर,
बाहिर हेर्यो कार्यकर्ता गर्छन् चिरबिर,
‘पिर’माथी ‘पिर’ थपिए’सी परिहाल्छ नि ‘पिर’ ¿

न त मनले झुक्न मान्छ न त ठाडो शिर,
न त बन्न सक्छ काँतर न त हुन्छ वीर,
जस्लाई आफ्नो ठान्यो उही गर्छ हरण चीर
न त हिँड्न सक्छ कतै न त बस्छ स्थिर,
‘पिर’माथी ‘पिर’ परे’सी परिहाल्छ नि ‘पिर’ ¿

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com