‘सुपर 6 सिस्टर्स’को भट्टराई धमाका : एउटै परिवारमा दुई दर्जन सरकारी हाकिम !
प्रकाशित मिति: २२ असार २०७९, बुधबार ११:२७
यस्तो संयोग त कमैको हुन्छ होला !
भक्तपुर, सिर्जनानगर बस्ने विदुर प्रसाद र गङ्गादेवी भट्टराईका ६ जना छोरी छोरी छन्- १. विष्णु, २. विन्दा, २. रमा, ३. रेनु, ५. अनु र ६. जुनु । गज्जबको कुरा के छ भने, उहाँहरु सबै सरकारी सेवामा हुनुहुन्छ । विष्णु प्रतिलिपी अधिकारमा रजिस्टार, विन्दा कृषि विभागमा उपसचिव, रमा श्रम सहचारी (कोरिया), रेनु कर अधिकृत, अनि अनु र जुनुपनि अफिसर️ छोरीमात्र हैन, ज्वाईंहरुपनि सबै सरकारी जागिरे ! क्या उत्प्रेरक परिवार !! हैन त ?
उहाँहरु शुद्ध लोकसेवाको लडाई जितेर सेवा प्रवेश गर्नु भएको हो । ६ जना ‘भट्टराईज सिस्टर्स’हरुको सानो पारिवारिक ‘क्लब’ पनि रहेछ- ‘Super 6’ । यस क्लबले बेलाबेलामा पारिवार र सामाजम उत्प्रेरणाको काम पनि गर्दो रहेछ ।
यसै प्रसङ्गमा Super 6 ले हिजो आफ्नी जननी र जन्मदाताको ५० औँ विवाह उत्सव मनायो । हामीलाई पनि पारिवारिक मित्रको रुपमा सहभागी हुने सौभाग्य मिलेको थियो ।
‘छोरी छोरीमात्र पाई’ भनेर उबेला कति बचन खानु भयो होला ! वंशकाे बिंडाे थाम्ने छोरो भएन भनेर कतिपयले कुरापनि काटे होला ! श्रीमान सरकारी जागिरे भएर घर बाहिर बस्दा छोरी हुर्काउन अप्ठेरो पनि भयो होला !
तर एउटी आमा जिम्मेवार बन्दा सन्तानको भाग्य र भविष्यमा कति फरक पर्दछ भन्ने कुरा तपाईंहरु हुनुहुन्छ ।
थुप्रै गाह्रा साह्राहरु बिचपनि ६ जना सन्तान (छोरी)लाई असल अविभावकत्व, सुन्दर संस्कार, सफल शिक्षा दिनुभयो । राष्ट्र सेवकको रुपमा काविल बनाउनु भयो । तपाईंहरु दुवैजना धन्यवादका पात्र हुनुहुन्छ । आफ्नो भावको तहदेखी हामीलाई माया र करुणा बर्साउनु हुने भट्टराई आमा गङ्गादेवी र बुबा विदुर प्रसादलाई हार्दिक नमन छसुस्वास्थ्य तथा दिर्घायु को कामना