‘ठिकठिकै’ हुनु राम्रो हो रहेछ !

प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार १२:१८

-नारायण अधिकारी ‘खेवाङे’ हाल: भर्जिनिया, अमेरिका

प्रगतिशील हुनु असाध्यै राम्रो हो तर बढी प्रगतिशील हुन खोजियो भने उद्दण्ड वा उग्र होइन्छ । प्रजातान्त्रिक हुनु असाध्यै राम्रो हो तर बढी प्रजातान्त्रिक हुन खोजियो भने अनुशासनहीन र दिग्भ्रमित भइन्छ।

अरुको कुरा सिक्नु राम्रो हो तर धेरै सिकियो भने आफ्नो विशेषता, आफ्नो संस्कार हराउँछ । अरुको कुरा सुन्नु राम्रो हो तर धेरै सुनियो भने आफू पथभ्रष्ट भइन्छ ।

बोल्नु राम्रो हो तर धेरै बोल्नु आफ्नै मान घटाउनु हो ।

नयाँ कुरा स्थापना गर्नु राम्रो हो तर पुरानोको जगेर्ना गर्नुपर्छ । पुराना कुरालाई नयाँले प्रतिस्थापन गर्नुभन्दा परिष्कार गर्नु राम्रो हो जसले पुरानो र नयाँलाई जोड्छ ।

धेरै छन् यस्ता कुरा ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com