छलचित्र ‘छक्कापञ्जा ४’ को घोषणा : बामदेवले खेल्ने, प्रचण्डले लगानी गर्ने…

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार ०२:४७

‘छक्कापञ्जा ३’ रिलिज भएकै दिन ‘छक्कापञ्जा ४’ को घोषणा गरिएको छ । रामवीर मानन्धरको लगानी रहेको यस चलचित्रमा बामदेव गौतमले खेल्ने भएकाछन् । गौतम एकपाका बरिष्ठ नेता हुन् भने रामवीर सोही पार्टीका सांसद तथा अष्टनारायण हलका मालिक हुन् ।

यसअघि दीपक-दीपाले ‘छक्कापञ्जा’ नाममा सिक्वेल सिनेमा बनाउँदै आएका थिए । उनको  तेश्रो सिक्वेल आजै फ्लोरमा गएको छ । छक्कापञ्जा- ३ फ्लोरमा गएकै दिन ‘छक्कापञ्जा ४’ घोषणा भएपछि देशमा ‘सत्तापञ्जा’ हुने खतरा बढेको छ ।

यो छलचित्रको कथा एउटा त्यस्तो बुबा नेताको हो जो चुनाव हारेपछि पानी बिनाको माछाजस्तो छटपटाई रहेको हुन्छ । पुनः सांसद बन्न  कैले डोल्पा ताक्छ, कैले जुम्ला जान्छ । अन्ततः काठमाण्डौंका एक माननीयसँग प्रेम बस्छ । खुमलटारमा डेटिङ गएको बेला ती माननीयले बामदेवका लागी सांसद पद छोड्छन् । बदलामा बामदेवले एउटा खाम दिन्छन् । खामभित्र के छ त्यो खुलाएको छैन । यहि नै सिनेमाको रहस्य हो !

बामदेवको कथा, कामदेवको पटकथा,दामदेवको गीत, खामदेवको सङ्गीत रहेको यस चलचित्रको निर्देशन प्रचण्डले गर्नेछन् । प्युठान, बर्दिया, काठमाण्डौंमा छायांकन हुनेछ । तर, काठमाण्डौंमा चल्नै नदिने यहाँका दर्शकहरुको अडान  सार्वजानिक भएपछी छलचित्र युनिटको सातो गएको छ ।

‘रामवीर मानधरको सांसद पद तिनका तिनका सिनेमा हलले आर्ज्याको नीजि सम्पती हैन, हाम्रो त्याग, सपना र ईमानको कमाई हो । सौदावाजीको खेल खेल्ने लोभी-पापीहरुलाई चेतना भया !’ काठमाण्डौं – ७ मा भेटिएका एक दर्शकले आक्रोस पोखे ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com