एनसेल काण्ड : लोकभाकामा बुझ्नोस् ! -मनोज गजुरेल

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार १२:२२

-मनोज गजुरेल

सन् २००४ सालमा ‘मेरो मोबाईल’ थियो,
स्विडेनको टेलिया भन्ने कम्पनीले लियो,
मेरो मोबाईल ‘एनसेल’ बन्यो २०१० मा आई,
टेलियाले एनसेल बेच्यो आजियाटालाई !

टेलिया फर्क्यो डेढ खर्ब च्यापेर,
आजियाटा बस्यो पसल थापेर ।

एनसेलको बार्षिक नाफा ४० अर्ब खाई,
आजियाटाले बेच्यो फेरी स्पेक्ट्रलाईटलाई,
डेड खर्बको एनसेल बेच्यो छ अर्बमा ग्वाम्म,
६० अर्ब सरकारी कर भयो कठै झ्वाम्म ।

मलेसियनले ‘वातावरण छैन’ भन्दियो
वेलायतीको कौडीमा हान्दियो ।

एनसेलको लोकल पार्टनर सुनिवेरा छ रे,
सुनिवेरा र स्पेक्ट्रलाईट एउटै घरका परे,
सरकारलाई फिर्ता दिनु पर्ने नियम अरे,
त्यही नियमलाई पंगु पार्न यस्तो खेला गरे !

यतिबेला राष्ट्रलाई कस्तो भो ?
अर्थतन्त्र,
बाटोको मादलजस्तो भो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com