नयाँशक्तिको पुरानै अश्त्र देखाउँनु हुन्न लगाउ बश्त्र : आजका हेड्लाइनहरु ….

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार ०३:०६

केशव स्थापित मन्त्रीबाट बर्खास्त, आफ्नै मतिका कारण दुर्गति !
धेरैतिर पार्टी फेर्दै लगाएथ्यौ टुङ्गो, सम्झे हुन्छ अन्तिम गाँसमा परेकै हो ढुङ्गो !

ऊर्जामन्त्री वर्षामानको ब्याटिङ ! सुरुमै छक्का हान्नुहुदैन
छक्का पञ्जा के हान्छौ खेलाडिले जान्ने हो, जित चाहिंन्छ जनतालाई देखे पछि मान्ने हो !

गाउँपालिकाको साझा गुनासो : वडामा काम, सिंहदरबारमा दाम !
खल्ती रित्तो छ भन्न पाउन्नौ, छोरा छोरी रोए पछि !

काँग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानु पर्छ
भनि रहने मिल्ने मिल्ने, मौका मिल्यो सधै चिल्ने !

देशलाई सस्तो बस्तुको डम्पिङ साइट बन्न दिन्नौ : अर्थमन्त्री खतिवडा
सस्ता नेताल्यै भरिएको देश, राख्ने ठाउँ छैन नदिएकै बेश !

सरकार बिरूद्ध सडक संघर्ष गर्ने नयाँशक्ति पार्टीको निर्णय
अस्थित्व रक्षाको अन्तिम अश्त्र, नाङ्गै नहिंड लगाउ बश्त्र !

बिवादमा रहेका स्थापितले भने – प्रधानमन्त्रीलाई कहाँ भेट्नु, मुख पनि हेर्न पाइएन
पटक पटक दिएथे यिनलाई भेट, फेरी कैल्यै नपाउँने देखियो संकेत !

सरकार निर्णय गर्छ, अदालत अल्ट्याउँछ
सरकार र सर्बोच्चको दोहोरो खेलो, अस्थिरतामै ५ बर्ष बिताइदिने मेलो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com