सरकारको प्राथमिकता : खर्च विवरण कि भ्याक्सिन बितरण !

प्रकाशित मिति: ३० असार २०७८, बुधबार २०:५६

भारतीय पत्रिकाको सम्पादकीय : ‘कांग्रेस र देउवा भारतका परम्परागत मित्र’
सम्पादकलाई काङ्ग्रेसले भन्यो- ‘मनपरे मित्र हजुर नपरे बिचित्र !’


प्रधानमन्त्री बनेकै दिन राष्ट्रपतिसँग देउवाको ‘टसल’देउवाले
आक्रोसित हुँदै भने- ‘बलबपजग फबपवकठभयषय !’


ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय
सार्वजानिक त पहिला भ्याक्सिन गर्नुपर्ने हो !

केपी ओ‌ली: ‘सर्वोच्च अदालतको फैसला अनुचित’
अनुचितले चित खुवायो, हैन्त ?


‘ब्युँताइयो युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गरी ओलीलाई बालकोट पुर्‍याउँछौ’:  महेश बस्नेत
भाग्यमानी बाका समर्पित छोरा, गर्नुपर्ने यति नै हो र !


ललिता निवास जग्गा प्रकरण : फरार रहेका गच्छदार अदालतमा
हाजिरआत्म समर्पण गर, बाँकि सरकारले मिलाई हाल्छ नि !


सत्ताको लगाममा कांग्रेसको कमब्याक, निर्वाचनमा नराम्रो हार तर कम्युनिस्टको किचलोले जुरायो अवसर
भाइ फुटे भिनाजु लुटे !


‘एमाले एकता रोक्न मलाई धम्कीपूर्ण फोन आयो’- भीम रावल
फोन आएको भए समातेर चलाए भैहाल्थ्यो नि !

एमालेमा खटपटः फेरि विभाजन हुने संकेत, माधव नेपालले नयाँ पार्टी खोल्ने
जुट-फुटको रिमोर्ट भारत र चीनतिर, नेकपा एमाले तिनतिर !


छाडा बन्न प्रहरीलाई दिइएन छुट, टिकटक र सामाजिक सञ्जाल प्रयोगमा कडाई
पुलिसले जनता कडाई गर्ने, सरकारले पुलिसलाई !


बालुवाटरमा राष्ट्रपतिको फोटोमा सेतो स्टिकर, खास कारण हो ?
जे हो, त्यही होला !


१० लाख धरौटी बुझाएर छुटे विजय गच्छदार
देउवा सरकारको पहिलो टसल काम !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com