टिकटदर रु. ५ कराेड ३० रुपैयाँ लाखमात्र !

प्रकाशित मिति: २४ श्रावण २०७८, आईतवार २१:०२

‘सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राखियोस्’ : खिमलाल देवकोटा
जनताको निगरानीमा सरकार ? चीनलाई नसुनाउनु नि !

बामदेव गौतमको प्रस्ताव : ‘जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ’
नेताज्यु, हजुरको साम्यवाद झल्किँदै छ !

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख
ए पाँच करोड ३० लाख मात्र? व्यापार छिट्टै फस्टाउने रहेछ त !

‘ओलीभन्दा देउवा गतिला, कम्युनिस्टभन्दा कांग्रेस संस्कारी’ : माधव नेपाल
त्यसोभए एकता पनि होइन, नयाँ पार्टी पनि होइन, पार्टी परिवर्तन तिर ध्यानाकर्षण गरौँ कम्रेड !

लिपुलेक लगायतका सीमा समस्या समाधान गर्ने सरकारको घोषणा
घोषणा नेपाल सरकारको कि भारत सरकारको ?

‘एमाले फुटछ र मन्त्रिपरिषद् विस्तार गरौंला भनेर देउवा कुरिरहेका छन्’ : विमला राई पौडेल
गाली गलौज चलिरहन्छ तर पार्टी फुट्दैन, देउबा कुरिरहनेछन् !

दुर्गेशलाई बहिष्कार गर्ने निर्णयबाट पछि हट्यो लोकदोहोरी प्रतिष्ठान
अर्को विवाद लिएर अर्को साल पुन: आउनेछन् दुर्गेश , हेर्दै गर्नुहोला !

आन्तरिक मूल्याङ्कनले गर्दा निरक्षर मानिसले पनि हाई–स्कूल पढेको ‘सर्टिफिकेट’ पाउँछ
तर के काम त्यो सर्टिफिकेटको ?

डर नमानी खोप लगाउन सबैलाई सूचना
सुइको डर हो कि साइड इफेक्टको ?

मेस्सीले रुँदै छोडे वार्सिलोना, भावुक बन्यो माहोल !
मेस्सी रोएपछि अब त भन्दैनन् होला नि लोग्ने मान्छे रुनुहुन्न 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com