मन्त्री आलेले नारायणहिटीमा कसरी टाले ‘बतास’ छिर्ने प्वाल ?!

प्रकाशित मिति: २१ पुष २०७८, बुधबार १०:४९

बादल र बाबुराम छाडेर आएका नेताहरुलाई टिकट
बसको कि प्लेनको, हेर्न बाँकी !

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार
मोदीजी अच्छे दिन लाएङ्गे, बिरोध करेङ्गे तो गोली खाएङ्गे !

नारायणहिटी छिर्‍यो बतास समूह, प्रतिरोपनी ५० हजार भाडामा रेस्टुरेन्ट सञ्‍चालन गर्ने !
बतासलाई मन्त्री आलेले फाले

रेल चलाउने मिति प्रधानमन्त्रीको भारत भ्रमणपछि टुंगो लाग्ने
रेलै घुमेर, गयो रेलैको आधी उमेर !

प्रचण्डलाई दियो अमेरिकाले बधाई
अब भन्लान् त- ‘साम्राज्यवाद जिन्दाबाद ?’

चितवनका सिडिओ विवादमा मुछिएको माछाको मूल्य
माछा पानीमा पौडिए सरी, नसोध विवादमा कति पौडियो !

३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ
गोरेका भाइ काले, काले काले मिलेर खाउ भाले !

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र
परिक्षण तिव्र, निरीक्षण शुन्य !

प्रधानमन्त्री देउवा अर्को साता भारत जाने
‘भन्लान् त मोदीलाई- ‘आप बढ्ता बोल रहे हो ?’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com