करिश्मा एमालेमा लागेपछि अर्का कलाकारले नयाँ पार्टी खोले, भन्छन् – ‘रहरले हैन, लहड हो ।’

प्रकाशित मिति: १० चैत्र २०७८, बिहीबार १८:४१

‘कलाकारहरुको पार्टी प्रवेशको लहडसँगै पार्टी खोल्ने क्रमपनी सुरु भएको छ । कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले फेसबुकमा जानकारी दिँदै भनेकाछन् – ‘ल, मैले पनि पार्टी खोलेँ । भोट दिने नदिने तपाईंको जिम्मा ।’

उनको नवगठित पार्टीको नाम ‘नेपाल शालिन सन्त पार्टी’ रहेको छ । ‘सक्किगोनी’ हास्य शृङ्खलामा ‘काकु’को भुमिकामा खेल्ने आचार्य राजनैतिक व्यङ्ग्य गर्न रुचाउँछन् ।

अभिनेत्री करिस्मा मानन्धर एमाले प्रवेश गरेपछि यो समाचार आएको हो । ‘पार्टी खोल्नु रहर हो कि लहड ?’ गजुरियल डटकमको प्रश्नमा काकुले भने- ‘यसको जवाफ पाउँन केही दिन कुर्नुपर्छ । जवाफ दिनपनि समय जुर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com