लौरोमा सुन छ, ल्याउँ भने थुन्छ !

प्रकाशित मिति: ५ असार २०७९, आईतवार १९:३५

मन्त्री आलेको दाबी : ‘कर्मचारीलाई कुनै दुर्व्यवहार गरिएको छैन’
‘गरेपनि जनताको छोरा भएकाले तलमाथि भएको मात्र हो !’

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
नाममै क्रान्तिकारी भएपछि कुटाकुट नगर्दा मात्र अचम्म हुने !

पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ: प्रचण्ड
एक ठाउँ – पेरिसडाँडा, वातावरण – पेरिसडाँडाको सेरोफेरो

चीनमा ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग
पूर्व प्रेमिकाले भनिन् – ‘साधारण केटालाई प्रेम गरेको भन्ठानेको त व्यापारी पो रहेछ, बेक्कार ब्रेकअप गरेको’

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार
सुनको लौरो टेक्न सुनको सडक खोज्दै प्रसाईं !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com