टिकट काट्नेको भन्दा टिकट माग्नेको भिंड, बसपार्क हो कि पार्टी कार्यालय ?

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार १२:४५

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिंड
भिंडले भन्यो – ‘लोकल बस चढेसरीको अनुभव’

नाताको मान्छेलाई मन्त्री बनाएको आरोपमा चोलेन्द्रले भने – ‘यो प्रश्न नउठेको भए राम्रो हुन्थ्यो’
बाहिरियो चोलेन्द्रले आश गरेको रिपोर्ट !

एक चीन नीतिप्रति देउवाले जनाए प्रतिबद्धता, लिले भने : ‘नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सचेत छौं’
देउवा पनि एक चीन नीतिप्रति प्रतिबद्ध भएपछि लिसँग मिल्यो कुरा !

‘करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थाल्यो’ : प्रचण्ड
मन बहलाउन चुनाव प्रचार प्रसारमा हिँड्न सुझाव !

‘चुनावसम्ममा माधव नेपालसँग कार्यकर्ता नै रहँदैनन्’ : ओली
‘ओलीलाई नै आफ्नो कार्यकर्ता बनाएर चुनाव जित्छौँ’ : माधव नेपाल

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com