कानलाई हाईसञ्चाे, राती १२ बजेपछि !
प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार १२:४०
-अच्युत घिमिरे ‘बुलबुल‘ भोलिदेखि हाइसञ्चो हुन्छ । कानको जाली नै फुट्ने गरी ढ्वाङ्ग बजेको पनि सुन्नु पर्दैन । जित्नु अघि नै मुख फुलाएर अबिर र माला लगाउँदै हिँडेको पनि हेर्नुपर्दैन ।
अचेल जन्ती, मलामी त साइलेन्ट तरिकाले सामाजिक सञ्जालबाटै बोलाउन सकिन्छ भने भोटै हाल्न चिच्याउँदै हिंड्नु पर्थ्यो र ? १९९० सालमा कटवाल फुकेको जस्तो !!
माध्यम नयाँ नयाँ आइसक्यो, विचार उहीँ ९० सालमै अड्केको !! सबका चुरीफुरी अब ७-१० दिनमा सकिन्छन् – दुधको दुध, पानीको पानी हुन्छ ! असलहरूले मात्रै जितून् !! विजय जुलुश हेर्दा पनि गर्व लागोस् !!!
अब जित्नेहरू सबैलाई भगवान पशुपतिनाथले सद्बुध्दि दिऊन् !!!